दफा ३२ख
काम कारबाही बदर गर्न सक्ने
यस ऐन बमोजिम मालपोत अधिकृतबाट जग्गाको नामसारी, दाखिल खारेज तथा दफा ७ को उपदफा (३) मा उल्लिखित विवरणहरुमा संशोधन गर्दा प्रचलित कानून बमोजिम गम्भीर त्रुटी भएको छ भन्ने कुरा अदालतमा उजुर पर्नु अघि कसैको निवेदन परी वा कुनै व्यहोराले थाहा हुन आएमा मालपोत विभागको महानिर्देशकले उक्त निर्णय बदर गरी कानून बमोजिम पुन निर्णय गर्न सक्नेछ ।